जि. शि. अ.
गोबिन्द पोखरेल
शिक्षालाई जीवनको ज्योतिको रुपमा लिइरहदाँ यस ज्योतिलाई अझ तिव्र गतिमा फैलाउदै सर्वत्र उज्यालो छर्न सूचना र प्रविधि एक अनिवार्य माध्याम वनिसकेको यस समयमा हामी हाम्रा विद्यालय र विद्यालयमा रहेका शिक्षक, विद्यार्थी भाइबहिनीहरु र अभिभावकहरुसंग अझै निकटता कायम गर्न साथै हाम्रा सूचना र सम्पादन गरीएका कार्यहरु विद्यालयसम्म पुर्याउन र विद्यालयका आवश्यकता, चाहाना र आई परेका समस्याहरु हामीसम्म आईपुग्ने छिटो र सधै उपलब्ध हुने माध्यामको रुपमा प्रयोग गर्न कार्यालयको आफ्नै वेभसाईट सञ्चालन गर्न पाउदा इकाइ प्रमुखको हैसियतले मलाई खुसी साथै गर्व महशुस भईरहेको छ । कार्यालयका गतिविधिहरु सम्पूर्ण सरोकारवालाहरु माझ जानकारी गराई पारदर्शिता कायम गर्ने सन्दर्भमा स्वच्छ र पारदर्शी ढंगवाट आफ्ना क्रियाकलावहरु सञ्चालन गरी सेवाग्राहीहरुलाई बढी भन्दा बढी लाभान्वित गराउनु आजको आवश्यकता रहेको सन्दर्भमा कार्यालयको वेभसाईट सञ्चालन मार्फत सूचना सम्प्रेषण गरी केही मात्रामा भए पनि कार्यालयसंग—विद्यालय, समुदाय र सरोकारवाला पक्षहरु विचको दुरी घटाउने प्रयास गरेका छौ आशा छ यसले हामीलाई सहयोग पुर्याउने नै छ । शिक्षा विकास तथा समन्वय इकाइ सुनसरी सदैव यहाँहरुको अमुल्य साथ, सहयोग र रचनात्मक सुझावको अपेक्षा गर्दछ ।|
परिपत्र तथा सूचना
- शिक्षक सेवा आयोग सानोठिमी,भक्तपुरको परीक्षाकेन्द्र कायम सम्वन्धी सूचना २०७५
- तेस्रो चरण पूनर्योगको नतिजा ।
- २०७४ सालको माध्यमिक शिक्षा परीक्षा पूरक (ग्रेडबृद्धि ) को ( नियमित समुहको मात्र)परीक्षाकेन्द्रगत विद्यालय विवरण
- कार्यरत अस्थायी शिक्षकहरुको लिखित परीक्षाको परीक्षा केन्द्र सम्वन्धि शिक्षक सेवा आयोगको सूचना ।
- माध्यमिक शिक्षा परीक्षा २०७४ को पुरक (ग्रेडबृद्धि) परीक्षाको समय तालिका थप हेर्नुहोस
